राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः गण्डकीलाई तेस्रो स्थान

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३ १ को जित निकाल्दै गण्डकी प्रदेशले सुर्खेतमा जारी ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

वीरेन्द्रनगरस्थित खुल्लामंचको कोर्टमा बिहीबार पहिलो सेट गण्डकीले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । रोमाञ्चक दोस्रो सेटमा आर्मी २६-२४ ले विजयी भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा गण्डकीले २६-२४ को जित निकाल्यो । चौथो सेटमा २५-२२ जित निकाल्दै गण्डकीले तेस्रो स्थान हासिल गर्यो ।

सेमिफाइनलमा गण्डकी विभागीय टोली नेपाल एपिएफ तथा आर्मी अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग समान ३-० को सोझो सेटमा पराजित भएका थिए ।