राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस च्याम्पियन

फाइल फोटो

काठमाडौं । साविक विजेता नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब नेपाल पुलिस क्लब सुर्खेतमा जारी ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पिन बनेको छ ।

पहिलो सेट २२-२५ ले गुमाए पनि पुलिसले त्यसपछिका तीन सेट २५-१७, २५-१८ र २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लब तथा एपिएफले गण्डकी प्रदेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेका थिए ।

यसैगरी आर्मीमाथि २५-२२, २४-२६, २६-२४, २५-२२ को जित निकाल्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गर्यो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता एपिएफले ५० हजार र तेस्रो हुने गण्डकीले २५ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता थियो ।