आयाक्स

हेन्डरसन भित्र्याउने आयाक्सको चाहना

काठमाडौं । डच क्लब आयाक्सले इङ्लिस मिडफिल्डर जोर्डन हेन्डरसन अनुबन्धमा इच्छा देखाएको छ । आयाक्सले जनवरी ट्रान्सफर विन्डोमा साउदी अरेबियन क्लब अल इत्तिफाकबाट हेन्डरसनलाई भित्र्याउन चाहेको हो ।

हेन्डरसन गत सिजन इङ्लिस क्लब लिभरपुलबाट अल इत्तिफाक पुगेका थिए । क्लबका लागि उनले १६ साउदी प्रो लिग खेल खेलेका छन् ।

अल इत्तिफाकमा हेन्डरको प्रदर्शन सोचे अनुरुपको हुन सकिरहेको छैन । १२ वर्ष लिभरपुलमा बिताउँदा हेन्डरसनले ३ सय ६० प्रिमियर लिग खेलमा २९ गोल गरेका थिए ।

लिभरपुलमा रहँदा हेन्डरसनले प्रिमियर लिग, च्याम्पियन्स लिग, कारवाओ कप, एफए कपको उपाधि जितेका थिए