नेकोस खुला तेक्वान्दो प्रतियोगिता

नेकोस खुला तेवान्दोः कोटेश्वर टिम च्याम्पियन

फाइल तस्बिर

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङ पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । कोटेश्वर आइतबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ४ कांस्यसाथ चन्द्रागिरी तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो भएको मूलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पार्यो ।

 काटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा सुशंस्कार एकेडेमीका अशेष राई तथा महिलामा नवजीवन स्कुलकी रोशनी आचार्य उत्कृष्ट खेलाडी घोषित भए ।