एसिया प्यासिफक एसइइ कप

इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कपको उपाधि

काठमाडौं । इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गर्ल्समा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९–१३ ले पराजित गर्यो ।

गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डी स्पोर्ट्स सेन्टरले बलर्स एकेडेमीलाई ५–४ ले हरायो । ब्वाइजमा इन्साइट भिजनका उर्गेन लामा र गर्ल्समा बलर्स एकेडेमीकी मनीषा शाही ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग कम नकआउट पद्दतीमा भएको तीनदिने प्रतियोगिताको ब्वाइजमा २९ तथा गर्ल्समा १६ टिम सहभागी थिए ।