एनएफपीजे फुटसल प्रतियोगिता

एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं . एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित फुटसल प्रतियोगितको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिम बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र, रासस, हाम्रो जन्मभूमि, नियात्रा टिभि, रेडियो पर्यावरण ,फोटोपत्रकार संघ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार संघ लगायतका टिमहरु सहभागिता थियो । दोस्रो चरणमा पहिलो चरण जितेर आएको ६ वटा टिमबीच खेल भएको थिए । सेमीफाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिम बाइ पाएर सिधै फाइनलमा पुगेको थियो । 

सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टिमलाई ४-२ ले पराजित गर्दै हाम्रो फुटसल पत्रकार टिमले उपाधि जित्यो । हाम्रो फुटसल टिमका बासु अवाल र आशिष पुडासैनीले समान दुई गोल गरेका थिए । बासु प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत चुनिए । उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकृष्ण भण्डारी घोषित भए । 

विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र संस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गरेका थिए ।