भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

भ्याली पब्लिक र एलएको विजयी सुरुआत

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । आयोजक भ्याली पब्लिक र लिटिल एन्जल्स (एलए) ले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् ।

भ्याली पब्लिकले बागमतीलाई ३६-२२ तथा एलएले किङडमलाई ४२-३५ ले पराजित गरे । भ्याली पब्लिकका सुनिल पौडेलले १२ तथा एलएका तेन्जिङ लामाले १४ स्कोर गरे ।

सिनियर ब्वाइजमै एचएचसिएले स्नोल्यान्डलाई ५२-३५ तथा भद्रकालीले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २८-२० ले हराए । एचएचसिएका डेविड राईले २६ तथा भद्रकालीका प्रनिक राईले ८ अंक जोडे ।

जुनियर ब्वाइजमा स्किब्सले नेसनल युनाइटेड स्कुललाई ३२-२४, किङडमले बिएमसीएलाई ३६-१८ र बिएनएले बेम्सलाई ३२-२२ हराए ।

सिनियर गर्ल्स भ्याली पब्लिकले टिआइएलाई ३३-१८, रिलायन्सले बिएमसिएलाई २३-२२, एसिसीएसले लोयल्टीलाई ३६-२६, डाफोडिलले सत्यसाइलाई २३-२१ र एचएचसीले माउन्टेनलाई २८-१२ ले स्तब्ध ।

प्रतियोगिताको भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्स २४ र जुनियर ब्वाइजमा ३१ गरी जम्मा ७५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।