अन्तरविद्यालय बास्केटबल: गेटवे सेमिफाइनलमा

काडमाडौं ।  गेटवे एकेडेमी प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

गेटवेले विद्या विकासलाई ५९-५१ ले पराजित गर्यो । गेटवेको जितमा स्वरुपले २४ अंक योगदान गरे। ब्वाइजमै पाख्रिन याङसाङको १२ अंक सहयोगमा मोर्डन इन्डियन स्कुलले निस्टलाई ४०-१८ ले हराउदै क्वाटैरफाइनलमा पुग्यो ।

काँडाघारीस्थित अक्षरा स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा भ्याली पब्लिकले द ब्रिटिस स्कुललाई ४६-१३ ले हराउँदै  सेमिफाइनल यात्रा तय गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले २० अंक जोडिन् ।

सिनियर गल्र्समै निस्टले प्रारम्भलाई २३-५, नेमोनिकले गेटवेलाई ३१-७ र न्यु स्टारले कान्जिरोवालाई ११-१० ले स्तब्ध क्वार्टरफाइनलमा स्थान बनाए । निस्टकी समीक्षा मोक्तानले १३, नेमोनिककी शान्ति तामाङले २० र न्यु स्टारकी सुजिता भण्डारीले १० स्कोर गरे ।