फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपस

नेपालले माल्दिभ्सलाई हरायो

काठमााडौं । नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।

नेपालले मालेमा आइतबार सम्पन्न खेलमा घरेलु टोली माल्दिभ्समाथि ७५-६८ को जित निकालेको हो ।

सुरुआती तीन क्वार्टर २४-१२, २२-२१ र १६-६ ले आफ्नो पक्षमा पारेको नेपालले चौथो तथा अन्तिम क्वार्टर भने १३-२९ ले गुमाएको थियो ।   

यसअघि भुटानसँग ६१-५५ ले पराजित भएको नेपालले पाकिस्तानलाई ६६-६२ तथा बंगलादेशलाई ९०-६१ को हराएको थियो ।