युइएफए नेसन्स लिग

स्पेनलाई युइएफए नेसन्स लिगको उपाधि

पेरिस । क्रोएसियामाथि सडनडेथमा  ५-४ को जितसहित स्पेनले आइतबार युइएफए नेसन्स लिगको उपाधि जितेको छ । 

सन् २०२१ मा फाइनल प्रवेश गरे पनि स्पेन फ्रान्ससँग निराश भएको थियो । सन् २०१२ को युरोपियन च्याम्पियनसिपपछि स्पेनले अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो । २०१४,२०१८ र २०२२ को विश्वकप तथा २०१६ र २०२० को युरोपियन च्याम्पियनसिप स्पेनका लागि सुखद बन्न सकेको थिएन । 

निर्धारित ९० तथा अतिरित्त ३० गरि कुल १ सय २० मिनेटमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेपछि विजेताकाृ टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो । 

पेनाल्टी सुटआउटमा स्पेनका जोसेलु, रोर्डी,मेरिनो,मार्को एसेन्सियो र ड्यानी कार्भाहालले गोल गरे भने लापोर्तेको प्रहार विफल भएको थियो । 

क्रोएसियाका लागि भ्लासिच,इभान पेरिसिच, ब्रोजोभिच र लुका मोड्रिचले गोल गरे । लोर्भो माजर र पेट्कोभिचको प्रहार भने सफल भएन ।