संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

संस्कृति बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं ।  तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

आयोजक संस्कृतिको तीन टोली सेमिफाइनलमा पुग्न सफल भए । संस्कृतिको ब्वाइजमा एक तथा गर्ल्समा दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

ब्वाइजमा संस्कृति र युलेन्स तथा रेडियन्ट र ज्ञानोदय बालवाटिका सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी गर्ल्स सेमिफाइनलमा संस्कृति ‘बी’ ले आफ्नै ‘ए’ टिम तथा काष्ठमण्डपले रातो बंगलाविरुद्ध खेल्ने छन् ।