नेपाल बेसबल तथा सफ्ट बल संघ

बेसबल संघमा दीपककै निरन्तरता

 काठमाडौं । नेपाल बेसबल तथा सफ्ट बल संघको चुनावी साधारण सभाले दीपक न्यौपानेलाई निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार खत्री, उपाध्यक्षमा विपिन वज्राचार्य, नारायण घर्ती र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषाध्यक्ष उपेन्द्रविक्रम लामा रहेका छन् ।

यसैगरी तिलक ढुंगाना, रोशन थापा, शिवकुमार खड्का, हेमराज गिरी, सुनिता थापा, निरोज श्रेष्ठ, सुजना पौडेल खत्री, हिरा थपलिया, दीपेन्द्र कार्की र हरि धमला सदस्यमा चयन भए ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक  उद्घाटन गरे ।

कार्यसमितको पहिलो बैठकले रमिता अधिकारीलाई उपाध्यक्ष तथा इश्वर थापा र रामकुमार खड्कालाई सदस्यमा मनोनयन गरेको छ ।