सुटिङ

स्नेहा र सुनिता श्रीलंका जाने

काठमाडौं । ओलम्पियन स्नेहाराज्यलक्ष्मी राणा र सुनिता महर्जन ११औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदै छन् ।

एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका सुटिङ संघले आयोजना गर्ने कोर्स जुन २० देखि २८ तारिखसम्म हुनेछ । 

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपा)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।