कीर्तिपुर अन्तर नगरपालिका मेयर कप

आयोजक कीर्तिपुरको लगातार दोश्रो जित

सांकेतिक तस्विर

काठमाडौं ।  आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर अन्तर नगरपालिका मेयर कप यू-१८ पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ ।

कीर्तिपुरले आइतबार भक्तपुर नगरपालिकालाई ९५-५९ ले पराजित गरेको हो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे । कीर्तिपुरले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई ९५-४० ले हराएको थियो ।

कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको अन्य खेलमा नागर्जुन नगरपालिका र ललिपतुर महानगपालिका पनि  विजयी भए ।

नागर्जुनले टोखा नगरपालिकालाई ८७-८२ ले हरायो । नागर्जुनका सनान्तले उत्कृष्ट प्रदर्शन गर्दै ३२ अंक जोडे । ललितपुरले चन्द्रागिरीमाथि ७८-३३ को सहज जित दर्ता निकाल्यो  । ललितपुरका इरिस महर्जनले १४ अंक बटुले ।