असार १५, २०८२ आइतबार | ०८:०७:५९
डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा

डिएभी स्कुल उपाधि नजिक

काठमाडौं । साबिक विजेता सैनिक आवसीय महाविद्यालयविरुद्ध ६ विकेटको जित निकाल्दै डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा  सम्पन्न पहिलाे सेमिफाइनलमा  सैनिकले प्रस्तुत गरेको ९३ रनको लक्ष्य डिएभीले १५.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले ३८ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ५३ रनको योगदान गरे । यसैगरी कमल शाहीले अविजित १७ र शत्यम बस्नेतले ११ रन बनाए ।

सैनिकका लागि सफल पौडेल, समीर केसी, उत्सव नेपाल र शुभ विष्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि गौरव कार्कीले ३०, रिशु साहले १४ तथा सुशान्त नेपाल र कप्तान राजदीप आचार्यले समान ११ रन बनाए ।

डिएभीका लागि कमाल शाहीले तीन तथा प्रसंग पौडेल, केशव अग्रवाल र प्रसिद्ध जैसीले समान एक विकेट लिए ।

डिएभीले एन्जल्स हार्ट नेसनल स्कुल तथा सैनिकले ग्यालेक्सी पब्लिक स्कुललाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । 


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA