फाल्गुन ३, २०८२ आइतबार | १४:२९:०२
नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !

राजन र सन्तोषीलाई उपाधि

काठमाडौं । पाँचौँ वी गणेशमान सिंह १० किलोमिटर रोड रेस रेसको पाँचौं संस्करणमा आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेका राजनले ३१ मिनेट २२ सेकेन्डको समय निकाले ।

आर्मीकै खड्कबहादुर खड्का ३१ मिनेट ५५ सेकेन्डका साथ दोस्रो हुँदा मुकेशबहादुर पाल ३२ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो  स्थानमा रहे । बागलुङका तीर्थ पुनले चौथो र केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान हासिल गरे।

महिलातर्फ सन्तोषी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डकम दौड पूरा गर्दै उपाधि जितिन्। त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने ३९ मिनेट १९ सेकेन्डका साथ दोस्रो र  एपिएफकी आशा रावत ४० मिनेट २७ सेकेन्डको समय निकाल्दै  तेस्रो स्थान हासिल गरे । एपिएफकै फूलमति राना ४० मिनेट २७.०१ सेकेन्डमा पूरा गर्दै चौथो भइन्।

दौड दरबारमार्गस्थित एडिडास शोरुमबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमै पुगे समाप्त भएको थियो ।

दुवैतर्फका शीर्ष पाँचले क्रमशः ६०, ३० हजार, १५, १० ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा विदेशी धावकसहित करीब ५५० धावक धाविकाको सहभागिता थियो ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए ।  

 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।