असार ८, २०८२ आइतबार | ०७:५७:१८
डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

सानदार जित निकाल्दै गेटवे फाइनलमा

काठमाडौं । गेटवे एकेडेमी जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा गेटवेले मोक्क्षदा स्कुलविरुद्ध १३१ रनको फराकिलो जित दर्ता गर्यो ।

गेटवेले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको मोक्क्षदा १२.१ ओभरमा ७४ रनमै समेटियो ।

मोक्क्षदाका लागि कप्तान इशान शाह सुवेदीले ३३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गेटवेका लागि साइमन पन्त, लक्ष्मण भुर्तेल र पारस विष्टले समान दुई तथा अमित पटेल, उज्वल गुप्ता र कप्तान सबिर अन्सारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो ।

गेटवेका लागि सबिर अन्सारीले ६० बलमा सात छक्का र ६ चौकाको मद्दतले अविजित ११४ रनको योगदान गरे । यसैगरी अमित पटेल ६० बलमा चार चौका र एक छक्कासहित ६० रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि सबिर र अमितले अविजित २०२ रनको साझेदारी गरेका थिए । मोक्क्षदाका लागि दुवै विकेट इशान शाह सुवेदीले लिए ।

गेटवेले अपी स्कुल र मोक्क्षदाले नेपाल पुलिस स्कुललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

गेटवेले उपाधिका लागि डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ को सामना गर्नेछ । डिएभी साबिक विजेता सैनिक आवसीय महाविद्यालयलाई ६ विकेटले निरास बनाउँदै फाइनलमा पुगेको हो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team