चैत्र ७, २०८२ शनिबार | १९:१६:५६
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

हाउन्ड्स लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग(एचजेबिएल) मा हाउन्ड्स एकेडेमी लगातार दोस्रो खेलमा विजयी भएको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गर्यो ।

टाइम्सले पहिलो क्वार्टरमा २२-१९ ले आफ्नो पक्षमा गरेको थियो । तर दोस्रो क्वार्रटरमा हाउन्ड्स २६-२० ले अगाडि रहँदै हाफ टाइमसम्म ४५-४२ को अग्रता बनायो ।

तेस्रो क्वर्टर पनि हाउन्ड्सले २८-१६ आफ्नो पक्षमा पार्दा अग्रता ७३-५८ मा पुर्यायो ।

१५ अंकले पछि परेको अवस्थामा पनि टाइम्सले चौथो क्वार्टरमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमनकाे प्रयास गरेको थियो । चौथो क्वार्टरमा २३-१२ ले विजयी भए पनि टाइम्सले हार टार्न भने सकेन ।

टाइम्सका लागि कप्तान सदिश प्रधानले सर्वाधिक २९ अंक स्कोर गरे । यस्तै हाउन्ड्सलाई जित दिलाउन सुजल खड्काले २१ अंक स्कोर गरे ।

हाउन्डसले पहिलो खेलमा रोयल्सलाई पराजित गरेको थियो । टाइम्सको भने यो पहिलो हार हो । पहिलो खेलमा टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई हराएको थियो ।

यस्तै मंगलबारै भएको दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले रोयल्सलाई ७९-७२ ले पराजित गरेको छ । गोल्डेनगेटको यो पहिलो जित तथा रोयल्सको लगातार दोस्रो हार हो ।

पहिलो क्वार्टर रोयल्सले २०-१६ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका तीन सेटमा गोल्डेनगेट १७ -३, २३-२२, २३-१७ले आफ्नो पक्षमा पार्यो ।

गोल्डेगेटलाई जित दिलाउन निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे । यस्तै रोयल्सका प्रसन ध्वज मास्केले २५ अंक स्कोर गरे ।

लिगमा बुधबार सामाखुशी युथ क्लब कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको पहिलो लिग खेलमा कीर्तिपुर विजयी भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो