माघ १९, २०८२ सोमबार | ०१:१२:३४
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

हाउन्ड्स लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग(एचजेबिएल) मा हाउन्ड्स एकेडेमी लगातार दोस्रो खेलमा विजयी भएको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गर्यो ।

टाइम्सले पहिलो क्वार्टरमा २२-१९ ले आफ्नो पक्षमा गरेको थियो । तर दोस्रो क्वार्रटरमा हाउन्ड्स २६-२० ले अगाडि रहँदै हाफ टाइमसम्म ४५-४२ को अग्रता बनायो ।

तेस्रो क्वर्टर पनि हाउन्ड्सले २८-१६ आफ्नो पक्षमा पार्दा अग्रता ७३-५८ मा पुर्यायो ।

१५ अंकले पछि परेको अवस्थामा पनि टाइम्सले चौथो क्वार्टरमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमनकाे प्रयास गरेको थियो । चौथो क्वार्टरमा २३-१२ ले विजयी भए पनि टाइम्सले हार टार्न भने सकेन ।

टाइम्सका लागि कप्तान सदिश प्रधानले सर्वाधिक २९ अंक स्कोर गरे । यस्तै हाउन्ड्सलाई जित दिलाउन सुजल खड्काले २१ अंक स्कोर गरे ।

हाउन्डसले पहिलो खेलमा रोयल्सलाई पराजित गरेको थियो । टाइम्सको भने यो पहिलो हार हो । पहिलो खेलमा टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई हराएको थियो ।

यस्तै मंगलबारै भएको दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले रोयल्सलाई ७९-७२ ले पराजित गरेको छ । गोल्डेनगेटको यो पहिलो जित तथा रोयल्सको लगातार दोस्रो हार हो ।

पहिलो क्वार्टर रोयल्सले २०-१६ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका तीन सेटमा गोल्डेनगेट १७ -३, २३-२२, २३-१७ले आफ्नो पक्षमा पार्यो ।

गोल्डेगेटलाई जित दिलाउन निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे । यस्तै रोयल्सका प्रसन ध्वज मास्केले २५ अंक स्कोर गरे ।

लिगमा बुधबार सामाखुशी युथ क्लब कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको पहिलो लिग खेलमा कीर्तिपुर विजयी भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।