श्रावण १०, २०८२ शनिबार | ०५:४४:५३
साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी आर्मीको पुनरागमन जित साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी आर्मीको पुनरागमन जित

च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री टुसाल युवा क्लबविरुद्ध बल अगाडि बढाउँदै च्यासल युवा क्लबका मिडफिल्डर सिआर गुरुङ, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको श्री टुसाल युवा क्लबले छैटौं स्थानमा रहेको च्यासल युवा क्लबविरुद्ध १–१ को बराबरी खेलेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न ११औं चरणको पहिलो खेलमा निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै टुसालले हार टारेको हो ।

बराबरीसँगै टुसालले अंकतालिकामा एक स्थान सुधार गरेको छ । ११ अंक जोडेको टुसालले एक खेल कम खेलेको मध्यपुरलाई गोल भिन्नताका आधारमा उछिनेको छ ।

यो नतिजासँगै च्यासलले तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । च्यासल १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लियो ।

खेलको ३०औं मिनेटमा मिडफिल्डर अनिल बोम्जन लामाको गोलमा च्यासलले अग्रता लिएको थियो । अनिलले सिमान्त थापाको लोफ्टेड पासको सदुपयोग गर्दै अफसाइड ट्र्यापलाई बिट गर्दै सुन्दर गोल गरे । अनिलले विपक्षी गोलकिपर भिम पुन अगाडि आएको मौकाको फाइदा उठाएका थिए ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री टुसाल युवा क्लबका खेलाडी सन्तोष थापालाई ट्याकल गर्दै च्यासल युवा क्लबका खेलाडी कुशल देउवा, तस्वीर सौजन्यः एन्फा ।

रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको टुसालका लागि प्रदीप सुनारले अन्तिम मिनेटमा बराबरी गोल फर्काए । बक्स बाहिरबाट दीपेश लिम्बूको प्रहार च्यासलका गोलकिपर विशाल गुरुङले बचाउन त बचाए तर रिबाउन्ड आएको बललाई प्रदीपले वान टचमा जाली चुमाए ।

लिगको ११औं चरण सुरु भइरहँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन मात्र एक जित टाढा छ । प्लानिङले १० खेलबाट २४ अंक जोडेको छ । त्यस्तै समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ । ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई तीन खेलमा चार अंक आवश्यक छ ।

सरस्वती युवा क्लब ९ र नयाँबस्ती युवा क्लब ८ अंकका साथ तालिकाको पुछारमा छन् ।

लिगमा सोमबार दुई खेल हुनेछन् । दिउँसो १२ः१५ बजे हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ब्रिगेड ब्वाइजको सामना गर्नेछ । दोस्रो खेलमा नयाँबस्ती र झापा फुटबल क्लब आमने–सामने हुनेछन् । यो खेल दिउँसो ३ः४५ मा हुनेछ ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने