श्रावण १०, २०८२ शनिबार | १८:०८:०९
मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने
शनिबारको दिन

आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो

काठमाडौं ।  पद्ममकृष्ण श्रेष्ठ- पटियालामा मैले बटुलेको एउटा ठूलो अनुभव के रह्यो भने प्रशिक्षार्थीलाई शारीरिक रूपमा खुबै मिहिनेत गर्न लगाइन्थ्यो । मलाई लागेको थियो, प्रशिक्षक हुनेलाई त्यति धेरै शारीरिक रूपमा मिहिनेत गर्नुपर्ने काम नदिएकै ठीक । सायद पटियालाका इन्स्ट्रक्टरहरूको सोच हुनसक्छ, प्रशिक्षक हुने पनि उत्तिकै फिट हुनुपर्छ । फेरि खेलाडीलाई यति मिहिनेत गराउनै पर्छ भन्ने सन्देश पनि हुनुपर्छ । यसै कारण मलाई पटियाला बसुन्जेल बिहान सबेरै उठ्न पनि गाह्रो हुन्थ्यो । राति खाटमा के पल्टिनुपथ्र्यो, गहिरो निद्रा लागिहाल्थ्यो ।

खासमा पटियालामा अध्ययनको एउटा मुख्य विषय ‘फिजिकल ट्रेनिङ’ नै थियो । फुटबल रणनीति अर्को मुख्य विषय थियो । सबैलाई आ-आफ्नो रणनीति के कस्तो हुनुपर्छ भनेर पनि कुराकानी गथ्र्यो । हामीबीच अन्तर्राष्ट्रिय फुटबलबारे व्यापक रूपमा छलफल हुन्थ्यो । ब्राजिलको फुटबलले के गरिरहेको छ, जर्मनीको फुटबलले कस्तो गर्न लागेको छ, यस्तै विषयमा हाम्रो लगातार छलफल चलिरहन्थ्यो । हामीले फुटबल इतिहासबारे पनि गहिरिएर अध्ययन गर्नुपथ्र्याे । यसले प्रशिक्षक परिपक्व हुने बताइएको थियो ।

फ्रान्स, इङ्ल्यान्ड र स्पेनदेखि अर्जेन्टिनाको फुटबलबारे पनि चर्चा हुन्थ्यो । ब्राजिली खेलाडीहरू युरोपमा आएर खेल्थे, त्यसको कारण के हो त ? यसबारे त्यही बेला छलफल चल्थ्यो । पेलेले कहिले पनि युरोपमा खेलेनन्, आफ्नो खेल जीवनको अन्त्यतिर अमेरिकामा गएर खेले । यसको पनि स्पष्ट कारण खोजिन्थ्यो । पेले आफ्नो खेलजीवनको अन्त्यतिर युरोपमा गएर धेरै धपेडी गर्न चाहँदैन थिए । अमेरिकामा खेल्दा आरामले खेल्न पाउने मौका हुन्थ्यो, पेलेलाई । अमेरिकामा उनलाई धेरै दबाब हुँदैनथ्यो, युरोपमा गएको भए उनलाई गाह्रो हुन सक्थ्यो ।

मेरो ब्याचमा त्यति बेला ४० जना जति थिए । यी सबै फुटबलकै थिए । ६ महिनाको कोर्समा भन्दा ९ महिनाको कोर्समा भने सहभागी हुने बढी थिए । 

मैले भन्न खोजेको के भन्दा पटियाला छँदा हामीले यस्तै यस्तै विषयमा धेरै कुराकानी गर्यौं । को खेलाडी कस्तो, को खेलाडीले कसरी खेल्छ, त्यसको पनि विश्लेषण गर्नुपथ्र्यो । हामी ब्राजिलका खेलाडीको कुरा गर्दा पेलेमै मात्र सीमित भएनौं, जिकोबारे पनि धेरै कुरा गथ्र्यौ । जिकोको खेलको विशेषता भन्नु नै प्रहार गर्दा बलले ‘स्विङ’ गर्ने थियो । यसको मूल कारण के थियो भन्दा उनको खुट्टा नै अलिकति बाङ्गो थियो । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा कसरी बललाई ‘स्विङ’ गराएर प्रहार गर्ने भन्ने शैली विकास भयो ।

फुटबलमा योजना कसरी बनाउने हो, त्यसबारे पनि बाक्लो छलफल हुन्थ्यो । छोटो समयका लागि टिम पायो भने कसरी तयार गर्ने, त्यसबारे पनि सिकाइन्थ्यो । टिमको राम्रो र नराम्रो पक्ष कसरी चिन्ने त्यसबारे पनि भनिएको हुन्थ्यो । प्रतिद्वन्द्वीअनुसार खेल योजना बनाउनेबारे छलफल चल्थ्यो । पूरा भिडेर खेल्ने हो कि पछाडि बसेर रक्षात्मक खेल्ने, त्यसको अन्तर बुझाइन्थ्यो । फेरि यति भन्दाभन्दै पटियालामा केही नपुग पनि थियो । ‘बल पोजिसन’ मा राख्नेबारे खासै केही भनिएन, सायद त्यति बेला यसबारे सोच भारत पुगेकै थिएन ।

मेरो ब्याचमा त्यति बेला ४० जना जति थिए । यी सबै फुटबलकै थिए । ६ महिनाको कोर्समा भन्दा ९ महिनाको कोर्समा भने सहभागी हुने बढी थिए । यस्तो प्रशिक्षणमा सहभागी हुने भने बढी सेना र प्रहरीका हुन्थे । फेरि हाम्रा इन्स्ट्रक्टर किट्टुमा फर्कने हो भने उहाँ साह्रै मिलनसार । सबैसँग मिल्न सक्ने गुण उहाँमा  थियो । पटियालाबाट पर्केपछि अर्को प्रसङ्गमा मैले किट्टुसँग ‘बल पोजिसन’ बारे छलफल नभएको पनि सुनाएको थिएँ । मैले यसबारे ज्ञान पछि जर्मनी जाँदा थाहा पाएँ ।

 नेपाली फुटबलमा त्यतिबेला सबैभन्दा कमजोर ज्ञान खेलसम्बन्धी नियमबारे थियो । नियम थाहा नभएकै कारण नेपाली फुटबलमा बारम्बार झगडा भइरहथ्यो ।

फुटबलमा ‘बल पोजिसन’ को पनि ठूलो महत्त्व हुन्छ । सामान्य भाषामा भन्दा बलमाथि बढी नियन्त्रण हुनुको अर्थ विपक्षी टिमले कम अवसर पाउनु पनि हो । आक्रमण बढी गर्ने हो भने बलमाथिको नियन्त्रण गुम्ने र विपक्षी टिमको प्रभुत्व बढ्न सक्ने डर हुन्छ । एउटा रणनीति त ‘काउन्टर अट्याक’ मा बढी जोड दिने हुनसक्छ । विपक्षीलाई पेल्न दिने, तर मौका पायो भने आफूले पनि तुरुन्तै आक्रमण बुन्ने । मैले पूरा प्रशिक्षण कार्यक्रममा मिहिनेत गरेर सहभागिता जनाएँ र सजिलै उत्तीर्ण पनि भएँ । म त अझ आफ्नो ब्याचमा पहिलो नै भएँ ।

ठ्याक्कै भन्ने हो भने काठमाडौंमा छँदा हामीलाई फुटबलबारे ज्ञान नै थिएन भन्दा हुन्छ । फुटबलको दृष्टिकोणबाट पटियालाबाट फर्किंदा म फरक मान्छे भइसकेको थिएँ । यहाँ छँदा मैले फुटबलसम्बन्धी सिनेमा भने हेरेको थिएँ, केही नाम चलेका खेलाडीबारे सुनेको र पढेको थिएँ । नेपाली फुटबलमा त्यतिबेला सबैभन्दा कमजोर ज्ञान खेलसम्बन्धी नियमबारे थियो । नियम थाहा नभएकै कारण नेपाली फुटबलमा बारम्बार झगडा भइरहथ्यो । (क्रमशः)

यो पनि

https://kheladi.com/football/27003

https://kheladi.com/football/26920

https://kheladi.com/football/26732

https://kheladi.com/football/26652

https://kheladi.com/football/26652

https://kheladi.com/football/26434

https://kheladi.com/football/26330

https://kheladi.com/football/26196