भाद्र १८, २०८२ बिहीबार | १४:३६:०९
आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
शनिबारको दिन

आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला

काठमाडाैं । पद्मकृष्ण श्रेष्ठ-  भारतीय सरकारले चार जनालाई पटियालामा प्रशिक्षकको प्रशिक्षणका लागि अवसर दिएको रहेछ । यो हो, ०२६ सालको कुरा । त्यसमध्ये दुई सिट एथलेटिक्सका लागि थियो भने दुई सिट फुटबलका लागि । त्यसमध्ये पनि दुई सिटको निर्णय राष्ट्रिय खेलकुद परिषदले गरेको थियो भने दुई सिट सम्बन्धित खेलको संघलाई दिइएको थियो । त्यस अर्थमा तात्कालीन नेपाल फुटबल संघले एक सिट पाएको थियो ।

एथलेटिक्सबाट लक्ष्मण शाह र मधुकर राणाले अवसर पाए । धीरेन्द्रकुमार श्रेष्ठ (केदार) लाई फुटबलमा परिषदले रोजेको थियो । विद्या ब्यायाम मन्दिरका खेलाडी उहाँ म भन्दा चार पाँच वर्ष जेठो हुनु हुन्थ्यो । म भने फुटबल संघको रोजाई थिएँ । मैल थाहा पाएसम्म पटियाला जाने प्रस्ताव फुटबल संघले अरू केहीलाई पनि राखेको थियो । तर उनीहरू जान मानेनन् । म सायद तेस्रो रोजाईको थिएँ । मैले पनि सुरुमा जान्छु भनिन, पछि मात्र माने ।

घरमा सल्लाह हुँदा जाँदा ठीक हुन्छ भनियो । म त्यति बेला २३ वर्षको थिएँ । त्यस अगाडि मैले एउटा जागिर भने खाइसकेको थिएँ, छोटो समयका लागि । तीन चार महिना मात्रै । त्यसको नाम फोर्थ पाउन्डेसन थियो । सिंहदरवारभित्र अफिस थियो, नेपाललाई अनुदान दिने संस्था थियो । पटियालाको कोर्सको अवधि भने छ महिनाको थियो । त्यहाँबाट फर्केपछि हामीलाई परिषदमा जागिर दिने भनिएको थियो ।

 हामी विमानबाट नयाँ दिल्लीसम्म गयौं र त्यसपछि बसबाट तीन चार घण्टामा पटियाला पनि पुग्यौं ।

पटियालामा दुई प्रकारको कोर्स थियो, एउटा ६ महिला, अर्को ९ महिनाको । त्यहाँ पुगेपछि मलाई सुरुमै नौ महिनाको कोर्स लिने प्रस्ताव राखिएको थियो, किनभने म भर्खरको युवा थिएँ । तर मैले मानिन। मलाई लाग्यो, अरू तीन जना ६ महिनामा फर्केपछि म मात्र किन बसिरहने हो र ? ‘नेसनल इन्सिच्युट अफ पटियाला’ संस्थाको पूरा नाम थियो, तर सबैले छोटकरीमा पटियाला भनेर नै भन्ने गर्छन् ।

सरकारी नै थियो, पंजावमा थियो । हामी विमानबाट नयाँ दिल्लीसम्म गयौं र त्यसपछि बसबाट तीन चार घण्टामा पटियाला पनि पुग्यौं । पटियाला दरवार नै थियो, सिंहदरवार जस्तै । पटियालााको महाराजको दरवार थियो, त्यो । दरवारसँगै जोडिएको जग्गा भने अथाह थियो । दरवारभित्र भने एकपछि अर्को कक्षा कोठा थिए । हाम्रो मुख्य पढ्ने विषय भने फुटबल नै थियो ।

मुख्य इन्स्ट्रक्टरले एउटा ‘स्लेबल’ बनाइरहेको हुन्थ्यो, त्यसकै आधारमा पढाउने काम हुन्थ्यो । त्यहाँका इन्स्ट्रक्टरहरू आफैले भने जर्मनीबाट प्रशिक्षण लिएका थिए । त्यसैले त्यहाँको पढाई जर्मन शैलीको थियो भन्दा हुन्छ । हामी भन्दा पहिले फुटबलमा पटियाला गएर अध्ययन गर्ने एक थिए र उनी आर्मीका श्याम शाह । उहाँले पनि सर्वसाधारणलाई फुटबलको प्रशिक्षण भने दिनु भएन्, आर्मीभित्रै सीमित रहे ।

पटियाला बस्दाको ६ महिनामा धेरै अर्थमा अविश्मरणीय रह्यो । निकै मिहिनेत गर्नु पर्थ्यो, शारीरिक थाकावट कति हुन्थ्यो भने विहान उठ्न पनि गाह्रो हुन्थ्यो । 

त्यस अर्थमा हामी पटियाला गएर प्रशिक्षण लिने दोस्रो ब्याचका भयौं । हाम्रा मुख्य इन्स्ट्रक्टर थिए, किट्टु । उनी तात्कालीन मद्रासका थिए, तर फुटबल खेल्ने क्रममा पश्चिम बंगाल पुगेका थिए । नेपाली फुटबलसँग उहाँको गहिरो सम्बन्ध र योगदान दुवै छ । उनी भारतबाट नेपाल आएका पहिलो प्रशिक्षक हुन् । पटियाला छँदा उहाँसँग मेरो सम्बन्ध असाध्यै राम्रो रह्यो ।

 

उहाँ भारतीय राष्ट्रिय टिमका सदस्य थिए र भारतकै नेतृत्व गरेर सन् १९५६ मेलबर्न ओलम्पिक पनि खेले । त्यसमा भारतले कांस्य पदक जितेको थियो र यो नै भारतीय फुटबलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी मानिन्छ । त्यति बेलासम्म पनि भारतीय खेलाडीमा फुटबल बुट लगाएर खेल्ने चलन थिएन् । मेलबर्नमा गएपछि नाँगो खुट्टाले खेल्न नपाउने भएपछि मात्र बुट लगाएर खेलेका थिए ।

किट्टु आफैले खेलाडी छँदा इस्ट बंगालबाट खेल्नु भएको थियो । उहाँ भारतीय फुटबलका निकै सम्मानित व्यक्तित्व हुन्, उनको ड्रिब्लिङ खुबै राम्रो थियो, लेफ्ट आउटबाट खेल्थे । पटियाला बस्दाको ६ महिनामा धेरै अर्थमा अविश्मरणीय रह्यो । निकै मिहिनेत गर्नु पर्थ्यो, शारीरिक थाकावट कति हुन्थ्यो भने विहान उठ्न पनि गाह्रो हुन्थ्यो । राति खाटमा पल्टियो कि निन्द्राले छोपिहाल्थ्यो । खुबै धेरै शारीरिक रूपमा मिहिनेत गर्न लगाउँथ्यो ।

याे पनि

https://kheladi.com/football/26920

https://kheladi.com/football/26732

https://kheladi.com/football/26652

https://kheladi.com/football/26544

https://kheladi.com/football/26434

https://kheladi.com/football/26330

https://kheladi.com/football/26196