असार २८, २०८२ शनिबार | ०८:४३:१३
इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग
शनिबारको दिन

आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो

सुरुमा मैले खेलेको प्रतियोगिता भनेको चार फुट दस इन्च उचाई हुने प्रतियोगिता नै थियो । त्यही प्रतियोगिताबाट नै खेलाडी उत्पादन हुने गर्थ्यो । फ्रेन्ड्स युनियनविरुद्धको त्यो निर्णायक खेलमा विद्या ब्यायामका गोलरक्षक थिए, विष्णुगोपाल श्रेष्ठ । हामी त्यस खेलमा ३–२ ले विजयी भयौं । त्यो खेलमा तीनै गोल एकै खेलाडीले गरेका थिए र उनी थिए, विजय क्षेत्री । यसरी उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

एक गोलमा मैले पास उपलब्ध गराएको थिएँ । मैले मैदानको दायाँ भागबाट दिएको पास उनले नियन्त्रणमा लिएर लामो प्रहारमा सुन्दर गोल गरेका थिए । त्यो खेलको एउटा विशेषता के भने त्यो खेल सुरु भएको १५ मिनेटपछि नै पानी परेको थियो । पानी परेपछि हामी दंग प‍र्थ्यौं, किनभने जुनियनर खेलाडी भएको नाताले हामी पानी पर्दा पनि अभ्यास गर्थ्यौं । सिनियरहरु पानी पर्दा अभ्यास गर्दैनथे ।

पानी परेपछि नै हामीलाई थाहा भइसकेको थियो, यो खेल हामीले जित्यौं भनेर । त्यति बेला दशरथ रंगशालामा अहिलेको जस्तो दर्शकदीर्घा थिएन् । पश्चिमतिर सानो प्यारापिट मात्रै थियो । अरूतिर भिरालो जमिन थियो र आम दर्शक त्यहीं बसेर फुटबल हेर्थे । हाम्रो समयमा सबैभन्दा ठूलो रेफ्री भनेको नै नरशमशेर थिए । तर त्यो निर्णायक खेलमा को रेफ्री थिए, मलाई सम्झना भएन् ।

मैले नरशमशेरसँग सँगै काम पनि गरेको थिएँ । त्यसैले उहाँसँग मेरो राम्रो सम्बन्ध थियो । एकपल्ट उहाँ व्यवस्थापक र म प्रशिक्षक भएर टिम लगेको पनि अनुभव छ । त्यो बंगलादेशमा भएको आगा खाँ गोल्डकप हो । यसबारे हामी पछि चर्चा गर्नेछौं, विशेष रूपमा । मैले यहाँ फेरि उल्लेख गर्न खोजेको के भन्दा मैले लामो समय खेलिँन । युवा उमेरमै राष्ट्रिय खेलकुद परिषदले मलाई प्रशिक्षक बन्ने अवसर दियो ।

 म औसत विद्यार्थी थिएँ, तर मेरो अंग्रेजी भने राम्रो थियो । सेन्ट जेभियर्समा सबैको अंग्रेजी राम्रै हुन्थ्यो, किनभने हामीले जाँच दिने भनेकै क्याम्ब्रिजको थियो । त्यही बेला हाम्रो स्कुलमा अंग्रेजी बाहेक अरू बोल्न पाउँदैन थियो ।

परिषदले त्यति बेला प्रशिक्षक हुन योग्य को को हुन सक्छ भनेर खोजेको थियो । त्यसमा पनि म पनि परेँ । मलाई प्रशिक्षकका लागि प्रशिक्षण लिन जाने प्रस्ताव राख्दा मैले सुरुमा सोच्छु भनेको थिएँ, पछि हुन्छ भनेँ । म औसत विद्यार्थी थिएँ, तर मेरो अंग्रेजी भने राम्रो थियो । सेन्ट जेभियर्समा सबैको अंग्रेजी राम्रै हुन्थ्यो, किनभने हामीले जाँच दिने भनेकै क्याम्ब्रिजको थियो । त्यही बेला हाम्रो स्कुलमा अंग्रेजी बाहेक अरू बोल्न पाउँदैन थियो ।

सानै उमेरदेखि जानेर नजानेर अंग्रेजीमा बोल्नु पर्थ्यो । स्कुल छँदा प्रायः फुटबल नै खेल्थ्यौं । तर हामीले सबै खेलमा भाग लिनु पर्थ्यो । पानी पर्ने बेला फुटबल हुन्थ्यो, जाडोमा हक्की हुन्थ्यो । सिजन अनुसार पालैपालो विभिन्न खेल हुन्थे । फाडर वाटरिन हामीले क्याम्ब्रिजको जाँच दिँदा स्कुलको प्रिन्सिपल हुनु हुन्थ्यो । उहाँ आफै पौडी र बास्केटबलको खेलाडी हुनु हुन्थ्यो ।

कहिलेकाही उहाँ र अन्य शिक्षक पनि हामीसँगै र विरुद्ध मैदानमा खेल्न उत्रन्थे । कहिलेकाहीं त्यस्तै खेलमा झगडा भएको अनुभव पनि छ । फेरि म स्कुल छँदा क्याप्टेन पनि थिएँ । मैदानमा अभ्यास गर्दा म अरूलाई पनि खेल्न र प्रशिक्षण गर्न प्रेरित गर्थे । मेरो यही गुणका कारण मलाई सम्भवतः स्कुलमा क्याप्टेन बनाएको हुनु पर्छ । त्यति बेला क्याप्टेनले आर्म ब्यान्ड लगाउने चलन भने थिएन् ।

त्यो फ्रेन्ड्स युनियन र विद्या ब्यायामबीचको खेल हुँदा पनि क्याप्टनेले आर्म ब्यान्ड लगाउने चलन थिएन् । लिग जितेपछि मलाई पाटनमा भोज भएकोसम्म याद छ । महत्वपूर्ण खेल जित्दा पनि भोज गर्ने चलन आइसकेको थियो । यस्तो भोज त्यो बेलाको हलुवाई पसलमा हुन्थ्यो । अनि कसैको घरमा बोलाएर मीठो मीठो पकाएर खुवाउने चलन पनि थियो । कहिलेकाहीं पिकनिक गएको पनि सम्झना छ ।

खेलाडी हुन गाह्रै थियो र यसको कारण थियो, सबैले चिन्ने । फुटबल मन पराउने जतिले यो खेलाडी यो नामको यो क्लबको भनेर चिन्थ्यो ।

खेलाडी जीवन मेरो लामो नभए पनि त्यो मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण, रमाइलो र सम्झनालायक दिन थिए । तर अहिले पछाडि फर्केर हेर्दा मलाई लाग्छ, त्यो बेला फुटबल खेलाडी हुनु पनि आफैमा सजिलो थिएन् । खेलाडी हुन गाह्रै थियो र यसको कारण थियो, सबैले चिन्ने । फुटबल मन पराउने जतिले यो खेलाडी यो नामको यो क्लबको भनेर चिन्थ्यो ।

फुटबल खेल्नेसँग जहिले पनि एउटा तनाव हुन्थ्यो । त्यसै पनि खेलका क्रममा लगातार झगडा हुन्थ्यो नै । त्यसैले आफ्नो विपक्षी टिमको टोलतिर जान पनि खेलाडीलाई गाह्रो हुन्थ्यो । सके, विपक्षी टिम रहेको टोलको बाटो नै प्रयोग गर्दैन थियौं । एक्लै जाने हो भने कसैले कुट्ने सम्भावना पनि हुन्थ्यो । कुट्न नसके बेइज्जत गर्ने प्रयास हुन्थ्यो । गाली गर्थे । सानो तिनो ढुंगाले हानेको समेत याद छ । म आफै असनतिर जाँदा गोलभेडा र लप्सीको गेडाले हानेको सम्झना छ ।