काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा काठमाडौं गोर्खाजका विकेटकिपर ब्याटर जोन सिम्पसनले चितवन राईनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
शुक्रबार प्रतियोगिताको १२औं दिन टस हारेर ब्याटिङ गरिरहेको काठमाडौंका लागि सिम्पसनले २५ बलमा तीन चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् ।
सिम्पसनको अर्धशतकसँगै काठमाडौं सम्मानजनक लक्ष्यतर्फ अग्रसर देखिएको छ । १५औं आभेरको समाप्तिमा काठमाडौंले तीन विकेट गुमाएर १०९ रन जोडेको छ ।
काठमाडौंले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आकाश त्रिपाठीलाई गुमायो । आकाश विकेटकिपर अर्जुन साउदबाट रनआउट भए । तेस्रो ओभरको अन्तिम बलमा काठमाडौंले दोस्रो विकेटका रुपमा रसीद खानलाई गुमायो । अघिल्लो खेलमा पाँच विकेट लिएका रञ्जीत कुमारले चितवनलाई दोस्रो सफलता दिलाए । रसीद रवी भोपाराबाट क्याच भए ।
पावरप्लेमै पाकिस्तानी तीव्र गतिका बलर सोहेल तनवीरले बेन चार्लस्वर्थलाई पवेलियनको बाटो देखाए । चार्ल्स्वर्थ भोपाराबाटै क्याच भए ।
