मंसिर ११, २०८२ बिहीबार | १९:२८:५५
पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो

पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी

काठमाडौं । शीर्ष र मध्यक्रमका ब्याटर धरासायी बन्नु साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा लगातार तेस्रो हार बेहोर्नुको कारण बन्यो । उता विपीन खत्रीको सानदार बलिङले पोखरालाई पहिलो जित दिलाउन प्रमुख भूमिका खेल्यो ।

बिहीबार प्रतियोगिताको ११औं दिन पोखराले दिएको १५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले पछ्याउन सकेन । शीर्ष र मध्यक्रमका सातमध्ये पाँच खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा जनकपुरले हार स्विकार्न बाध्य भएको हो । अन्तिम ओभरहरुमा आठौं नम्बरमा आएका वायन पार्नेलले आक्रमक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । तर, टोलीको हार भने टार्न सकेनन् । विपीनले पूरा २४ बलमा मात्र १५ रन खर्चिँदा चार खेलाडीलाई पवेलियनको बाटो देखाए ।

ओपनर आशिफ शेख, शुभ कंशकर, कप्तान अनिल शाह र मयन यादव विपीनको शिकार बने । पोखराका लागि यसबाहेक सुमीत वर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निसमले समान एक विकेट लिए ।

जनकपुरका लागि पार्नेलले ३८ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाए । त्यस्तै पाँचौं नम्बरमा आएका संजय कृष्णमुर्तीले २५ तथा ओपनर माज सदाकतले २० रन जोडे । १०औं नम्बरमा आएका ललित राजवंशीले १० रनको योगदान गरे ।

जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा चार विकेट गुमाउँदा मात्र ३७ रन जोड्न सक्यो ।

पहिलो ओभरमै ओपनर आशिफ शेख ‘गोल्डेन डक’ बने । उनी विपीनको ओभरमा विकेटकिपर एडन रसिङटनबाट ‘स्टम्प आउट’ भए । जतिबेला जनकपुरले सात रन बनाएको थियो । अन्तिम बलमा शुभ कंशकर बोल्ड भए ।

जनकपुरले चौथो ओभरको पहिलो बलमा यान लफ्टी इटनलाई गुमायो । इटन सुमीतको ओभरमा वैकल्पिक बलर रोहित चन्दबाट क्याच भए । त्यही ओभरको अन्तिम बलमा माज सदाकत निसमको प्रशंसनीय क्याचको शिकार बने । पावरप्ले सकिएलगत्तैको ओभरमा अनिल शाह त्रिटराज दासबाट क्याच भए । जतिबेला जनकपुरले स्कोरबोर्डमा ३७ रन बनाएको थियो । पाँच रनपछि मयनलाई पनि त्रिटराजले नै क्याच गरेर पवेलियनको बाटो देखाए ।

मयनपछि क्रिजमा अएका दक्षिण अफ्रिकी बलर वायन पार्नेलले संजय कृष्णमुर्तीसँग मिलेर सातौं विकेटका लागि २८ रनको साझेदारी गरे । १३औं ओभरको पहिलो बलमा संजय भुर्तेलको बलमा किरण ठगुन्नाबाट क्याच भए । त्यसपछि पार्नेलले रुपेश सिंहसँग मिलेर आठौं विकेटका लागि २० रनको साझेदारी गरे । १६औं ओभरको पाँचौं बलमा जिमी निसमले रुपेशलाई त्रिटराजबाट क्याच गराए ।

रुपेश पवेलियन फर्किएसँगै क्रिजमा आएका ललितराजवंशीले पार्नेलसँग मिलेर नवौं विकेटका लागि ३४ रनको साझेदारी गरे । खुट्टामा क्र्याम्प भएपछि पार्नेल अर्धशतक लगत्तै ‘रिटायर्ड आउट’ भए । त्यसपछि ललित र किशोरले थप १० रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल खडा गरेको थियो । पोखराका लागि चौथो नम्बरमा आएका सुमीत वर्माले अर्धशतकीय पारी खेल्दा पोखराले जनकपुरलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेको थियो ।

सुमीतले २९ बलमा दुई चौका र चार छक्कासहित ठ्याक्कै ५० रन बनाए । त्यस्तै ओपनर दीनेश खरेलले २८ र त्रिटराज दासले २९ रन बनाए । यसैगरी ओपनर एडम रोसिङटनले २४ रन जोडे ।

जनकपुरका लागि संजय कृष्णमुर्तीले तीन तथा ललित राजवंशी र अनिल शाहले समान एक विकेट लिए ।

जनकपुर उद्घाटन खेलमा काठमाडौं गोर्खाजसँग पाँच विकेटको पराजित भएको थियो । दोस्रो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ९ रनले नतिजा सुम्पिएको थियो । उता पोखराले आफ्नो पहिलो खेलमा विराटनगरसँग ५३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई १८ रनले हरायो ।
 


भिडियो
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।