काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दिएको १६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले खराब सुरुआत गरेको छ ।
शुक्रबार प्रतियोगिताको १२औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा विराटनगरले पावरप्ले (सुरुआती ६ ओभर)मा दुबै ओपनर र तेस्रो नम्बरका साम हेजलेटलाई गुमाउँदा मात्र ३५ रन जोड्न सकेको छ ।
जर्ज मुन्से पवन शराफको ओभरमा ‘डक आउट’ भए । विकेटकिपर दीपक डुम्रेको तारिफयोग्य क्याचमा मुन्से पवेलियन फर्किन बाध्य भएका हुन् । चौथो ओभरमा लोकेश बमलाई विलियम बसिस्टोले शराफबाट क्याच गराए ।
पाँचौं ओभरको तेस्रो बलमा साहील पटेलले जीवनदान पाए । पवनको दोस्रो ओभरमा साहीलको क्याच गुल्सन झाले ‘ड्रप’ गरेका थिए । अन्तिम ओभरमा सोमपालले हेजलेटलाई प्रियान्क पन्चालबाट क्याच गराए ।
भिडियो
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
