माघ १८, २०८२ आइतबार | १६:१२:१९
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत
शनिबारको दिन

युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम

काठमाडौं । यिनै दुई टिम इङ्ल्यान्ड र स्पेनबीच एक अर्को भेट निश्चित भएको छ । यसलाई महिला फुटबलको ‘डेजाभु’ भन्दा कस्तो होला ? महिला युरो फुटबल २०२५ को आइतबार हुने फाइनलमा इङ्ल्यान्ड र स्पेन भिड्दै छन् । त्यसमा इङ्ल्यान्ड युरोको साबिक विजेता भयो नै । स्पेन भने विश्व च्याम्पियन । दुई वर्षअगाडि मात्रै यिनै दुई टिम विश्वकपको फाइनल खेलेका थिए ।

त्यसमा स्पेन १-० ले विजयी रहेको थियो । ‘त्यो फाइनल खेलमा हाम्रो प्रदर्शन राम्रो रहेन, हामीले सक्दो खेलेनौं,’ इङ्लिस मिडफिल्डर केइरा वाल्स भन्छिन्, ‘त्यो खेललाई सम्झिँदा हामी अहिले पनि भावुक हुन्छौं । मनमा अनेक कुरा खेल्छन् । पीडा हुन्छ । अब भने हाम्रो ध्यान आइतबार हुने अर्को फाइनलमा हुनुपर्छ । र, हामी सबै सकारात्मक पनि रहनुपर्छ ।’

वाल्सका अनुसार, ‘अबको इङलिस टिममा धेरै परिवर्तन भइसकेको छ, उत्तिकै नयाँ खेलाडी पनि आइसकेका छन् । यी खेलाडी फेरि आत्मविश्वासी छन् । यसले टिममा धेरै राम्रो पक्ष ल्याएको छ । त्यसैले पूरा टिम नै जित्छौं भन्ने मानसिकताले जुरिचमा हुने फाइनलमा केन्द्रित हुनुपर्छ ।’ यो सबै कुरा सुन्दा लाग्छ, इङ्ल्यान्ड स्पेनमाथि बदला लिने दाउमा छ, जुन स्वाभाविक पनि हो ।

फाइनलमा प्रवेश गरेपछि खुसीयाली मनाउँदै स्पेनका खेलाडी । 

इङ्ल्यान्ड र स्पेन दुवैका लागि फाइनल यात्रा कठिन नै रह्यो । किनभने सेमिफाइनलमा १२० मिनेटको चर्को प्रतिस्पर्धा गर्नुपरेको थियो । सुरुमै एक गोलले पछाडि रहेको स्थितिबाट इङ्ल्यान्डले इटालीलाई २-१ ले हराएको हो । त्यसमा इङल्यान्डका लागि दुई सुपर-सब खेलाडीले गोल गर्दै हारको संघारबाट फाइनल पुर्याएका थिए । त्यो सिनेमा जत्तिकै रोमाञ्चक खेल थियो ।

पछिल्लो विश्वकपयता यी दुई टिमबीच दुई पटक भेट भएको छ । त्यसमध्ये एक खेलमा इङ्ल्यान्ड १-० ले विजयी रहेको छ भने अर्कोमा स्पेन २-१ ले ।

स्पेनले भने जर्मनीलाई १-० ले पन्छाएको थियो र त्यसमा दुईपल्टको बालोन डी’अर विजेता खेलाडी आइताना बोनमतीले जादुयी गोल गरेकी थिइन् । यसै प्रदर्शनबाट स्पेन युरो इतिहासमै पहिलो पटक फाइनल पुग्न सफल रह्यो । फाइनल अगाडि स्पेन नै अबको युरो उपाधिका लागि बलियो दावेदार देखिएको छ । किनभने यो टिम विश्वकपमात्र होइन, नेसन्स लिग विजेता पनि हो ।

पछिल्लो दुई वर्षमा स्पेनको महिला फुटबलले कमाल नै गरेको छ भन्दा हुन्छ । पछिल्लो विश्वकपयता यी दुई टिमबीच दुई पटक भेट भएको छ । त्यसमध्ये एक खेलमा इङ्ल्यान्ड १-० ले विजयी रहेको छ भने अर्कोमा स्पेन २-१ ले । ‘हामीबीच पुराना खेलको नतिजा के रह्यो, त्यसको अर्थ हुन्न । हाम्रो ध्यान अबको फाइनलमै मात्र केन्द्रित हुनुपर्छ । यो सर्वथा नयाँ चुनौती हुनेछ,’ बोनमती भन्छिन् ।

सेमिफाइनलमा इटालीविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै इङ्लिस खेलाडी । 

दुवै टिमका लागि फाइदा भने पनि बेफाइदा भने पनि एउटा तथ्य समान छ । सबै खेलाडीले एक आपसविरुद्ध धेरैपल्ट खेलेका छन् । चाहे त्यो देशका लागि होस्, चाहे त्यो क्लबका लागि हो । ‘हामीलाई इङ्लिस खेलाडी कस्ता छन्, त्यो राम्रोसँग थाहा छ, उनीहरूलाई पनि हामी कस्तो छौं, त्यो उत्तिकै राम्रोसँग थाहा छ । त्यसैले हाम्रो काम फाइनललाई राम्रो तयारी गर्ने र सक्दो राम्रो खेल्ने नै हो ।’