मंसिर २७, २०८२ शनिबार | ०२:४९:४३
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी

काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गर्ने भएको छ । प्रतियोगितमा समान दुई पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । चारै खेलाडीले समान दुई स्पर्धामा भाग लिनेछन् ।

पुरुषमा इर्भिन श्रेष्ठले १०० र २०० मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले  ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा ओलम्पियन डुवाना लामाले २०० मिटर फ्रिस्टायल र १०० मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १०० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

 टाेली व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की  छन् ।

 जुलाई ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ सम्म चल्नेछ । नेपालको खेल भने जुलाइ २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

जुलाइ २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २०० मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २०० मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ । जुलाइ ३० मा इर्भिनले १०० मिटर फ्रिस्टायल, ३१ मा आर्याले १०० मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली अगष्ट ४मा स्वदेश फर्किने छ ।

टोलीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, लगायतले शुक्रबारै  बिदाइ गरे ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II