पुस ३, २०८२ शुक्रबार | ००:०९:४८
गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी

काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गर्ने भएको छ । प्रतियोगितमा समान दुई पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । चारै खेलाडीले समान दुई स्पर्धामा भाग लिनेछन् ।

पुरुषमा इर्भिन श्रेष्ठले १०० र २०० मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले  ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा ओलम्पियन डुवाना लामाले २०० मिटर फ्रिस्टायल र १०० मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १०० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

 टाेली व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की  छन् ।

 जुलाई ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ सम्म चल्नेछ । नेपालको खेल भने जुलाइ २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

जुलाइ २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २०० मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २०० मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ । जुलाइ ३० मा इर्भिनले १०० मिटर फ्रिस्टायल, ३१ मा आर्याले १०० मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली अगष्ट ४मा स्वदेश फर्किने छ ।

टोलीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, लगायतले शुक्रबारै  बिदाइ गरे ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team