चैत्र २, २०८२ सोमबार | २१:४९:३६
फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण

तस्विरः नेपालगन्ज पौडी क्लब ।

काठमाडौं । दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

नेपालगन्ज पौडी संघको आयोजनमा जारी प्रतियोगितामा सगरमाथ पौडी क्लब ललितपुरकाका राजिवन जिरेलले दोहोरो स्वर्ण पदक जितेका छन् ।

उनले यु-८ ब्वाइज ५० मिटर ब्याक स्ट्रोक र २५ फ्रि स्टाइलमा स्वर्ण पदक चुमे ।  

ब्वाइज ५० मिटर ब्याक स्ट्रोकमा आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्र्रो भए ।

यसैगरी ब्वाइज २५ मिटर फ्रिस्टाइलमा शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगरले रजत तथा र आदर्श मावि नेपालगन्जका युभान श्रेष्ठले कांस्य पदक हात पारे ।

यसैगरी सगममाथाकै छियाना महर्जनले यु ८ गर्ल्स २५ मिटर  फ्रिस्टाइल र ब्याक स्ट्रोकमा स्वर्ण पदक पदक जितिन् ।

गर्ल्स २५ मिटर फ्रिस्टाइलमा आदर्श माविकी समृद्धि न्यौपानेले दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मीले तेस्रोे स्थान हासिल गरेका छन् ।

गर्ल्स २५ मिटर ब्याकस्ट्रोकमा आदर्र्श माविकी समृद्धि न्यौपानेले रजत तथा शिखा एकेडेमीकी काफिया चलाउनेले रजत पदक जिते  ।

प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका थिए ।  मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

आयोजन क्लबका अध्यक्ष केशवराज न्यौपाने, क्लबका परिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेलगायतको उपस्थिति थियो ।  

प्रतियोगितामा यु-८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुल्ला गरी १५० भन्दा बढी खेलाडीको सहभागिता छ ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने