माघ १८, २०८२ आइतबार | ०३:३३:२६
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन

च्याम्पियन सगरमाथा क्लब, तस्विर: नेपालगन्ज पौडी क्लब बाँके ।

काठमाडौं ।  ललितपुरको सगरमाथा पौडी क्लबले दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।

नेपालगन्ज पौडी क्लब बाँकेको आयोजनामा सम्पन्न प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक जोड्यो ।

प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ स्पर्धा समावेश प्रतियोगितामा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमीले ५२ अंकसहित तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी लिटिल एञ्जल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, आयोजक नेपालगन्ज पौडी क्लबले आठ र बागेश्वरी एकेडेमी कोहलपुरले चार अंक  बटुले  ।

सगरमाथाका लागि अरेक कर्माचार्यले सात र रिजा अवालेले पाँच स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा अरेक ब्वाइज तथा रिजा गर्ल्सतर्फ उत्कृष्ट ठहरिए । उनीहरुलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता थियो ।  

विजेतालाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलगातयतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक नेपालगन्ज पौडी क्लबका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सफल भएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने उर्जा मिलेको बताए ।

उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।