चैत्र ४, २०८२ बुधबार | १५:००:४६
भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल अर्जुनको शतकमा कास्की च्याम्पियन भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल अर्जुनको शतकमा कास्की च्याम्पियन

राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन

च्याम्पियन सगरमाथा क्लब, तस्विर: नेपालगन्ज पौडी क्लब बाँके ।

काठमाडौं ।  ललितपुरको सगरमाथा पौडी क्लबले दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।

नेपालगन्ज पौडी क्लब बाँकेको आयोजनामा सम्पन्न प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक जोड्यो ।

प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ स्पर्धा समावेश प्रतियोगितामा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमीले ५२ अंकसहित तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी लिटिल एञ्जल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, आयोजक नेपालगन्ज पौडी क्लबले आठ र बागेश्वरी एकेडेमी कोहलपुरले चार अंक  बटुले  ।

सगरमाथाका लागि अरेक कर्माचार्यले सात र रिजा अवालेले पाँच स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा अरेक ब्वाइज तथा रिजा गर्ल्सतर्फ उत्कृष्ट ठहरिए । उनीहरुलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता थियो ।  

विजेतालाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलगातयतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक नेपालगन्ज पौडी क्लबका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सफल भएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने उर्जा मिलेको बताए ।

उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । 


भिडियो
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।