माघ २९, २०८२ बिहीबार | ०८:५६:३६
झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी

नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने

काठमाडौं । नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करण यही कार्तिक १४ र १५ गते हुने भएको छ ।

बिहीबार आयोजनक नेपाल स्विमिङ क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा हुने प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिहएको नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए । प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको संख्या बढाउनुका साथै पौडीको स्तरलाई उकास्न सहयोग गरिरहेको न्यौपानेले तर्क गरे ।

‘प्रतियोगिताले छोटो समयमै नेपालगन्जमा पौडी खेलको सम्भावनालाई बढाउँदै लगेको छ । राष्ट्रिय स्तरमा पहिचान बढाएको छ । दोस्रो संस्करणले प्रतियोगिताको स्तरलाई बढाउन थप सहयोग गर्नेछ,’ न्यौपानेले भने ।

प्रतियोगितामा यु-८, यु-१०, यु-१२, यु-१४, यु-१७ र अतिरिक्त उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा यु-८ समूहका खेलाडीले २५ मिटर, यु-१० ले ५० मिटर, यु-१२ र यु-१४ ले ५० र १०० मिटर तथा खुला समूहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणी अधिकारीले बताए ।

प्रतियोगितामा सहभागी हुने बाँके जिल्लाभन्दा बाहिरका खेलाडीहरुलाई निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था आयोजकले गर्नेछ । उद्घाटन समारोहमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमानश्रेष्ठ, लुम्बिनीप्रदेश खेलकुद परिषदका पदाधिकारीलगायत अतिथीहरुको सहभागिता रहनेछ । प्रतियोगिता आयोजना गर्न लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषदलगायत विभिन्न व्यापारिक प्रतिष्ठान, बैंक, अस्पताल, उद्यमि, व्यवसायीहरुको सहयोग रहेको अधिकारीले जानकारी गराए ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं