काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु-१६ युथ लिगमा शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै आठ खेलमा ६ अंक जोडेको आर्मी ११औं स्थानमा उक्लिएको छ । आठ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन निरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाले गोल गरे । सातदोबाटोका लागि मुक्सन राईले गोल गरे ।
खेलको नवौं मिनेटमै मुक्सनको गोलमार्फत सातदोबाटोले अग्रता लिएको थियो । तर टोलीले त्यसलाई जोगाउन सकेन ।
निरजले २३औं मिनेटमा आर्मीलाई बराबरीमा ल्याए । ३८औं मिनेटमा युगलले गोल गर्दा आर्मी २१ ले अगाडि बढ्यो ।
सोहितले ५२औं मिनेटमा गोल गर्दै आर्मीको जित पक्का गरे ।
भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने