फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको

नेपालले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न खेलमा बंगलादेशमाथि ९०-६१ को फराकिलो जित निकालेको हो । योसँगै लगातार दोस्रो जित निकालेको नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

चारै क्वार्टरमा अग्रता बनाएको नेपालले २०-२५, २०-२५, १९-१२ र २१-९ को नतिजा निकाल्यो । 

पहिलो खेलमा भुटानसँग ६१-५५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पाकिस्तानलाई ६६-६२ ले हराएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार आयोजक माल्दिभ्सको सामना गर्नेछ ।