युरोपियन च्याम्पियनसिप २०२४ को छनोट

पोर्चुगलको सहज जित

लन्डन । ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित पोर्चुगलले शनिबार युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा बोस्निया एण्ड हर्जगोभिनालाई ३-० ले हराएको छ । 

समूह जे मा तीन खेलमा शतप्रतिशत नतिजा निकालेको पोर्चुगल ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको स्लोभाकियाको ७,तेस्रो स्थानको लक्जम्बर्जको ४ तथा चौथो स्थानको बोस्निया र पाँचौ स्थानको आइसल्यान्डको समान खेलमा समान ३ अंक रहेको छ ।

४४औं मिनेटमा बर्नाडो सिल्भाले गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । ७७औं मिनेटमा फर्नान्डेजले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले पोर्चुगलको अग्रता ३० मा पुर्याएका थिए ।

समूह जे को अर्को खेलमा स्लोभाकियाले आइसल्यान्डलाई २-१ ले हरायो ।