अन्तर नगरपालिका मेयर कप

कीर्तिपुर र ललितपुरको विजयी सुरुआत

कीर्तिपुर अन्तरनगर मेयर कप बास्केटबलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिदै

काठमाडौं । आयोजक कीर्तिपुर र ललितपुरले कीर्तिपुर अन्तर नगरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

कीर्तिपुर कभर्डहलमा शनिबार कीर्तिपुर नगरपालिकाले चन्द्रागिरी नगरपालिकालाई ९५-४० को फराकिलो अन्तरले पराजित गरेको हो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योदान गरे । चारै क्वार्टरमा अग्रता बनाएको कीर्तिपुरले २३-७, १६-१५, ३०–१३ र २६-५ को प्रदर्शन गर्यो ।

प्रनिश तिमिल्सिनाको २७ अंकको सहयोगमा ललितपुर महानगरपाललिकाले भक्तपुर नगरपालिकालाई ७१-६१ ले हरायो । पहिलो क्वार्टरमा ९-१३ ले पछि परेको ललितपुरले दोश्रो र तेश्रोमा क्रमशः २७-१६ र २१-१७ को अग्रता बनायो । चौथो क्वार्टरमा भने ललितपुर १४-१५ ले पछि पर्यो ।

प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उद्घाटन गरे । प्रतियोगितामा मोफसलका दुई सहित आठ  टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछन् । यसैगरी ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० रुपैयाँ प्रदान गरिनेछ ।