कमनवेल्थ गेम्स

कमनवेल्थ गेम्स आयोजना गर्ने मलेसियाको चाहना

काठमाडौं । सन् २०२६ को कमनवेल्थ गेम्स आयोजनामा मलेसियाले इच्छा देखाएको छ । बिबिसीका अनुसार मलेसियाले प्रतियोगिता आयोजनाका लागि १० करोड पाउन्डको प्रस्ताव अगाडि बढाएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यले आयोजना गर्न नसक्ने बताएपछि प्रतियोगिता अन्योलमा छ। मलेसियाले यसअघि सन् १९९८ को कमनवेल्थ गेम्स आयोजना गरेको थियो । 

यो प्रतियोगितामा कुनै समय बेलायतको अधिनमा रहेका राष्ट्रहरुले सहभागिता जनाउने छन् । 

प्रत्येक चार वर्षमा आयोजना हुने प्रतियोगिता हालसम्म दुई पटक मात्र स्थगिता भएको छ । विश्व युद्धका कारण सन् १९४२ र ४६ मा यो प्रतियोगिता हुन सकेको थिएन ।