ट्वान्टी २० शृंखला

नेपालले दोस्रो विकेट लियो, अर्धशतक बनाएका चार्ल्स आउट

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले अर्धशतक प्रहार गरेका जोनसन चार्ल्सको विकेट लियो ।

चार्ल्सलाई १०औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । चार्ल्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए ।