ट्वान्टी २० शृंखला

नेपालविरुद्ध चार्ल्सको अर्धशतक

काठमाडौं । ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ का ओपनर जोनसन चार्ल्सले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजका लागि चार्ल्सले २४ बलमा ६ छक्का र दुई चौकाको मद्दतले अर्धशतक पूरा गरे ।

वेस्ट इन्डिज नौ ओभरको समाप्तीमा ९४ रन बनाएर खेलिरहेको छ । चार्ल्सलाई आन्द्रे फ्लेचरले २५ रन बनाएर साथ दिइरहेका छन् ।