किंग्स कप

अल नासर किंग्स कपको फाइनलमा

काठमाठौं । अल खलिजविरुद्ध ३-१ को जित निकाल्दै अल नासर किंग्स कपको फाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान अल अवाल रंगशालामा बुधबार अल नसारलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा साडियो मानेले एक गोल गरे । अल खलिजका लागि फवाज अल तोरइसले एक गोल फर्काए ।

खेलको १७औं मिनेटमा रोनाल्डोको गोलमार्फत नसारले अग्रता लिएको थियो । ३७औं मिनेटमा मानेले टोलीको अग्रता दोब्बर बनाए ।  

रोनाल्डोले ५६‍औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा नसार ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा अल तोरइसले गरेको गोल अल अलिजका लागि सान्त्वना बन्यो ।

अब नासरले उपाधिका लागि अल हिलालको सामना गर्नेछ । हिलाल अल इत्तिहादविरुद्ध २ १ को रोमाञ्चक जित निकाल्दै फाइनल गुगेको हो ।