नेपाली फुटबल

नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले विश्वकप छनोटको तयारी स्वरूप मलेसियासँग मैत्रीपूर्ण खेल भएको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार नेपाल र मलेसियाबीचकाे एक मात्र मैत्रीपूर्ण खेल मार्च १५ (शुक्रबार) हुनेछ ।  नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ ।

यो मैत्रीपूर्ण खेलपछि नेपाली टोली बहराइन जानेछ। फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्ने छ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो।

दोस्रो चरणका खेल मार्च २१ (चैत ८) र मार्च २६ (फागुन १३) मा हुने छ।

विश्वकप छनोटकाे समुह ‘एच’ मा रहेको नेपालले यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० तथा दोस्रो खेलमा यमनसँग २-० को हार ब्यहोरेको थियो।