कतार विश्वकप २०२२

पहिलो हाफमा नेदरल्यान्ड्सको अग्रता

दोहा । नेदरल्यान्ड्सले समूह कतारविरुद्ध समूह चरणको तेस्रो खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । 

समूह  ‘ए ’अन्गर्ततको खेलमा २६औं मिनेटमा कोडी गाप्कोले गरेको गोलमा नेदल्यान्ड्सले अग्रता लिएको थियो ।

समूह ‘ए’ मा शीर्ष स्थानको नेदरल्यान्ड्सको दुई खेलमा चार अंक छ भने दोस्रो स्थानको इक्वेडरको पनि समान चार अंक छ । तेस्रोे स्थानको सेनेगलको तीन अंक छ भने कतार अंकविहिन छ । 

यस समूहबाट कतार बाहिरिसकेको छ । नेदरल्यान्ड्स कतारलाई हराउँदै समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । कतारसँग अंक बाँडेमात्र पनि नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गर्नेछ । 

यता सेनेगलले स्मालिया सुरले ४४औं मिनेटमा गरेको पेनाल्टी गोलमा इक्वेडरविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सेनेगल इक्वेडरलाइ हराउँदै कम्तीमा समूह उपविजेताको रुपमा नकआउट चरण प्रवेश गर्न चाहन्छ । इक्वेडरलाई भने बराबरीको नतिजा पनि अन्तिम १६ मा प्रवेशका लागि पर्याप्त हुनेछ ।