ट्वान्टी २० शृंखला

ओमानको नतिजाले हाम्रो मानसिकतामा कुनै असर परेको छैनः कप्तान रोहित

फाइल तस्विर

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप २०२४ को तयारी स्वरुप नेपालले शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजको ‘ए’ टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्दैछ ।

शृंखलाअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्ध खेल्नु नेपालका लागि अवसर भएको बताए।

‘वेस्ट इन्डिज विश्वकै उत्कृष्ट टोलीमध्ये एक हो । विश्वकपअघि यस्तो टोलीसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो,’ रोहितले भने,‘ओमानमा सोचे अनुसारको प्रदर्शन हुन सकेन । तर यसले हाम्रो मानसिकतामा कुनै असर परेको छैन । खेलमा हार जित सfमान्य हो । अब, पुरानो दिन बिर्सेर राम्रो गर्न बढ्नेछौ ।’

यसैगरी नेपालका प्रशिक्षक मोन्टी देसाइले वेस्ट इन्डिज नेपाल आएकोमा धन्यवाद दिए।

‘वेस्ट इन्डिज जस्ताे विश्व क्रिकेटमा दबदबा बनाएको टोलीविरुद्ध खेल्नु सबैका लागि अवसर हो । हामीले आत्माबिश्वास बढाउनु छ,’ देसाइले भने,‘ पछिलो समयको लय फर्काउने योजनामा हुनेछौं । त्रिवि क्रिकेट मैदानको पिच बुझेर खेल्नेछौ । राम्रो टोली नेपाल पठाएको वेस्ट इन्डिज क्रिकेट बोर्डलाई धन्यवाद ।’

शृखलाका खेलहरु बैशाख १५, १६, १९, २० र २२ हुनेछन्।

यसैगरी वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले नेपालको पहिलो बसाइको अनुभव राम्रो भएको सुनाए। उनले नेपालसँगको शृंखला आफ्ना खेलाडीलाई विश्वकपअघि अवसर भएको बताए।

यहाँको हस्पिटालिटी राम्रो छ । हाम्रा लागि पनि यो विश्वकपको तयारी हो । आफ्नो क्षमाता देखाउने सबैलाई अवसर छ,’ चेजले भने,‘नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ । घरेलु दर्शकसामू राम्रो प्रदर्शन गर्नेछौं ।  

यसैगरी वेस्ट इन्डिजका प्रशिक्षण फ्लोयड रिफरले शृंखला प्रतिस्पर्धा हुन अपेक्षा राखेको बतए ।

‘ हामी शृंखलाका लागि तयार छौं । अभ्यास राम्रो भएको छ । एसोसिएट क्रिकेटमा नेपालले राम्रो गरिरहेको छ,’ रिफरले भने,‘ पछिल्लो वर्ष विश्वकप छनोट भएको थियो । यहाँ राम्रा खेलाडी छन् । शृंखला प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।’