वाइ वाइ यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एकको सानदार जित

काठमाडौं । प्रदेश एकले वाइ वाइ यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेस प्रदेशलाई १० विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा मधेशले प्रस्तुत गरेको ७१ रनको लक्ष्य प्रदेश एकले १९.२ ओभरमा विनाविकेट पूरा ग¥यो । प्रदेश एकका लागि सोनु अन्सारीले ६७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ४५ रनको योगदान दिए । 

त्यस्तै, २४ रनमा अविजित रहेका सुभन गहतराजले ५० बलमा तीन चौका प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेस ३१.३ ओभरमा मात्र ७० रनमा समेटिएको थियो । मधेसका लागि मायन यादवले १९ र डब्लु मलिकले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश एकका लागि दीपेश कँडेल र विपिन महतोले समान तीन, सन्देश भट्टराईले दुई तथा आशिष मगर र अश्विन महतोले समान एक विकेट लिए ।

जितसँगै प्रदेश एककले चार खेलमा चार अंक जोड्दा तीनै खेलमा पराजित मघेसले अंक जोड्न सकेको छैन । दुवै टोलीको फाइनल प्रवेशको सम्भावना भने समाप्त भइसकेको छ ।