चैत्र १३, २०८२ शुक्रबार | १२:००:५१
मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार

बागमतीको लगातार चौथो जित

काठमाडौं । बागमती प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । 

बागमतीले मंगलबार कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जितका लागि पाएको एक सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । 

बागमतीका लागि कप्तान अशोक पौडेलले ६४ बलमा सात चौका र एक छक्कामद्दतमा सर्वाधिक ५९ रनको योगदान दिए । त्यसैगरी लक्की कठायतले ९२ बलमा आठ चौकामद्दतमा अविजित ५१ रन बनाए । तेस्रो विकेटका लागि लक्की र अशोकले एक सय पाँच रनको शतकीय साझेदारी गर्दै सहज जित दिलाए । 

कर्णालीका अनुज चुनारा, युनिस सिंह र आवास शाहले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रनको योगफल तयार पारेको थियो । 

कर्णालीका लागि कप्तान विपिन रावलले ९२ बलमा ९ चौकामद्दतमा ६८ रनको योगदान दिए । मनिष थापाले २५ र आवास शाहले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । 

बागमतीका लागि सक्रिय कार्कीले पाँच,अहमद राजाले तनि तथा ओमकार यादव र अभिषेक कोइरालाले समान एक विकेट लिए ।

चार खेलमा आठ अंक जोडेको बागमतीले फाइनल सम्भावनालाई बलियो बनाएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो