माघ १८, २०८२ आइतबार | १९:३२:११
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

बागमतीको लगातार चौथो जित

काठमाडौं । बागमती प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । 

बागमतीले मंगलबार कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जितका लागि पाएको एक सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । 

बागमतीका लागि कप्तान अशोक पौडेलले ६४ बलमा सात चौका र एक छक्कामद्दतमा सर्वाधिक ५९ रनको योगदान दिए । त्यसैगरी लक्की कठायतले ९२ बलमा आठ चौकामद्दतमा अविजित ५१ रन बनाए । तेस्रो विकेटका लागि लक्की र अशोकले एक सय पाँच रनको शतकीय साझेदारी गर्दै सहज जित दिलाए । 

कर्णालीका अनुज चुनारा, युनिस सिंह र आवास शाहले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रनको योगफल तयार पारेको थियो । 

कर्णालीका लागि कप्तान विपिन रावलले ९२ बलमा ९ चौकामद्दतमा ६८ रनको योगदान दिए । मनिष थापाले २५ र आवास शाहले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । 

बागमतीका लागि सक्रिय कार्कीले पाँच,अहमद राजाले तनि तथा ओमकार यादव र अभिषेक कोइरालाले समान एक विकेट लिए ।

चार खेलमा आठ अंक जोडेको बागमतीले फाइनल सम्भावनालाई बलियो बनाएको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।