सर्बिया

पहिलो हाफमा सर्बियालाई अग्रता

दोहा । पहिलो हाफको इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गरेसँगै सर्बियाले क्यामरुनविरुद्ध २-१ को अग्रता लिएको छ । 

अल जनुब स्टेडियममा जारी समूह जी को खेलमा जिन–चार्ल्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो ।

इन्जुरी समयको पहिलो मिनेटमा स्ट्रहिन्जा पाभ्लोभिचले गोल गर्दै सर्बियालाई १–१ को बराबरीमा ल्याए ।त्यसको  दुई मिनेटपछि मिलान्कोभिच साभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए ।

दुवै टोली आज पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए ।