वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं । लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

लुम्बिनीले मुलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको हो ।

जितका लागि पाएको एक सय ६२ रनको लक्ष्य लुम्बिनीले ३९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । लुम्बिनीका लागि विशाल भुसालले अविजित ५२ रन बनाए । भुसालले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
त्यसैगरी आकाश त्रिपाठीले ४५, प्रज्वल थापाले २४, देव खनालले १४ र सुनिल भण्डारीले  १२ रन जोडे । 

गण्डकीका सुदीप आर्याल र किरण भट्टराईले समान दुई तथा नृतेश गिरी र सुवास भण्डारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले ३६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६१ रनको योगफल तयार पारेको थियो ।

गण्डकीका लागि सुदीप अर्यालले सर्वाधिक ३६ रनको योगदान दिए । त्यसैगरि दीपक डुम्रेले ३०, करण पंगीनीले २९, शिशिर भुसालले अविजित १२ र  गोविन्द विकले १० रन बनाए ।

लुम्बिनीका दुर्गेश गुप्ताले पाँच, निर्मल गुरुङले तीन तथा नर सार्की र तुलबहादुर थापाले समान एक विकेट लिए । 

यस जितसँगै लुम्बिनीले तीन खेलमा चार अंक जोडेको छ । लगातार चौथो पराजय बेहोरेको गण्डकी अंकविहिन छ ।