कतार विश्वकप

पहिलो हाफमा वेल्स र इरानको बराबरी

दोहा । वेल्स र इरानले कतार विश्वकप २०२२ अन्तर्गत समूहको दोस्रो खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । 

अहमेद बिन अली रंगशालामा दुवै टोलीले गोलको केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

१६औं मिनेटमा अली गोल्जादेहदले गरेको गोलमा इरानले अग्रता लिएको थियो । तर भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन ।

दुवै टोली समूह चरणमा पहिलो जितको खोजीमा रहेका छन् । समूह बी को पहिलो खेलमा इरानले इङ्ल्यान्डलाई ६-२ को फराकिलो नतिजा सुम्पिएको थियो । वेल्स भने अन्तिम मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै अमेरिकासँग हारको संकट टार्न सफल भएको थियो ।

६४ वर्षपछि विश्वकपमा पुनरागमन गरेका वेल्स सो यात्रा सार्थक पार्न चाहन्छ । आजको खेलमा वेल्सलाई नतिजा सुम्पिए इरानको नकआउट चरण प्रवेश गर्ने सम्भावना न्युन हुनेछ । 

आजै हुने समूह बी को दोस्रो खेलमा इङ्ल्यान्डले अमेरिकाको सामना गर्नेछ ।