भारत–न्युजिल्यान्ड एक दिवसीय शृंखला

न्युजिल्यान्डको सहज जित

अकल्यान्ड । टम लाथम र कप्तान केन विलियम्सनको उत्कृष्ट साझेदारीप्रेरित न्युजिल्यान्डले शुक्रबार दोस्रो एक दिवसीय खेलमा भारतमाथि सात विकेटको जित निकालेको छ । 

भारतले प्रस्तुत गरेको तीन सय सात रनको लक्ष्य न्युजिल्यान्डले ४७.१ ओभरमा मात्र तीन विकेटको क्षतीमा पूरा गरेको थियो ।

न्युजिल्यान्डका लागि लाथमले एक सय चार बलमा १९ चौका र पाँच छक्कामद्दतमा अविजित एक सय ४५ रन जोड्दा विलियम्सले ९८ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ९४ रन जोडे । लाथम र विलियम्सले चौथो विकेटका लागि अविजित दुई सय २१ रनको साझेदारी गरेका थिए ।

भारतका उमरन मलिकले दुई र श्रदुल ठाकुरले एक विकेट लिए ।

यससँगै न्युजिल्यान्डले तीन एक दिवसीय खेलको शृंखलामा १–० को अग्रता लिएको छ । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित ५० ओभरमा  सात विकेट गुमाउँदै तीन सय ६ रनको योगफल खडा गरेको थियो ।

भारतका लागि श्रेयस एैयरले ८० र ओपनर शुभमन गिलले ५० रन जोडे ।