साउदी अरेबिया

अल शाहरानीको सफल शल्यक्रिया

दोहा । साउदी अरेबियाका रक्षक यासेर अल शाहरानीको  सफल शल्यक्रिया भएको छ । 

कतारमा जारी फिफा विश्वकपको समूह ‘सी’ अन्तर्गत अर्जेन्टिनामाथि २–१ को पुनरागमन जित निकालेको खेलमा साउदी अरेबियाका गोलकिपर मोहम्मेद अल वासीसँग जुद्धा उनी गम्भिर घाइते भएका थिए । उनलाई तत्काल अस्पताल पु¥याएको थियो । उनको अनुहार र पेटमा चोट लागेको थियो ।

साउदी अरेबिया फुटबल संघले बिहीबार आफ्नो आधिकारिक ट्विटर पेजमा अल शाहरानीको शल्यक्रिया सफल भएको पुष्टि गरेको छ । तर शाहरानीले विश्वकपका बाँकी रहेका दुई खेल्छन वा खेल्दैनन् भन्ने बारेमा भने केही खुलाइएको छैन । 

विज्ञप्तिमा भनिएको छ,‘रक्षक यासेर अल शाहरानीको रियादको किंग अब्दुलाजिज मेडिकल सिटीस्थित नेशनल गार्ड अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको छ। उनी राष्ट्रिय टोलीका मेडिकल स्टाफको पूर्ण निगरानीमा रहनेछन्।

साउदी अरेबिया सन् १९९० को विश्वकप पछि अर्जेन्टिनालाई हराउने युरोपबाहिरको पहिलो टोली बनेको छ । सो विश्वकपमा क्यामरुनले अर्जेन्टिनालाई २-१ ले हराएको थियो ।

साउदीले आफ्नो दोस्रो खेलमा शनिबार पोल्याण्डको सामना गर्नेछ ।