अर्जेन्टिना

कोरियाको स्थानमा अल्माडालाई बोलाइयो

दोहा । अर्जेन्टिनाले घुँडाको चोटका कारण टोलीबाट बाहिरिएका ज्याक्वेन कोरियाको स्थानमा अट्लान्टा युनाइटेडका थियागो अल्माडालाई टोलीमा बोलाएको छ । 

कतार विश्वकप २०२२ अघि युएईविरुद्ध ५–० को जित निकालेको अभ्यास खेलमा कोेरिया घाइते भएका थिए । अल्माडाले यसै वर्षको सेप्टेम्बरमा होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । अर्जेन्टिना सन् १९८६ पछि पहिलो विश्वकप उपाधिको खोजीमा रहेको छ । 

अल्माडाले मेजर लिग सकरमा अट्लान्टाबाट ६ गोल गरेका छन् भने १२ गोलकालागि पास उपलब्ध गराएका छन् ।

समूह सी मा रहेको अर्जेन्टिनाले मंगलबार साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकप २०२२ मा आफ्नो यात्राको सुरुआत गर्नेछ ।  समूह सी मा अर्जेन्टिना, साउदी अरेबिया, पोल्यान्ड र मेक्सिको रहेको छन् ।

सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा प्रवेश गरे पनि जर्मनीसँग निराश भएको अर्जेन्टिना २०१८ को रुस विश्वकपमा फ्रान्ससँगै निराश हुुँदै अन्तिम १६ बाट बाहिरिएको थियो ।