एक दिवसीय शृंखला

टस जितेर फिल्डिङमा नेपाल

काठमाडौं । युएईविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले अबको केही समयमा ब्याटिङ सुरु गर्नेछ ।

तीन खेलको शृंखला १-१ को बराबरीको रहेको छ ।

पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको नेपालले दोस्रो खेल ३ विकेटले जित्दै तीन खेलको शृंखला बराबरी गरेको थियो ।

युएईविरुद्धको शृंखलासँगै कप्तानीको जिम्मेवारी पाएका रोहित पौडेलले स्वभाविक लय भेट्टाउन सकेका छैनन । दुवै खेलमा रोहितले दोहोरो अंकमा स्कोर गर्न सकेका छैनन ।
त्यसैले नेपाल आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।

नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।